प्रचण्डको शान पहिलेजस्तो रहेन, फेरि जेल-नेल खान तयार हुनुस् : पुष्पकमल दाहाल

पूर्व प्रधानमन्त्री एबं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भन्छन् :
प्रचण्डको पहिलेजस्तो रहेन, फेरि जेल-नेल खान तयार हुनुस् ‘हिजो जनयु’द्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन नि।
राप थियो, ताप थियो, वाईसीयल थियो, सेना थियो। क्यान्टेनमेन्टमा भए पनि ब’न्दुक नै थियो,’ उनले भने, ‘म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त। अहिले त….. छैन।’ बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने तयारी गर्नुहोला ।