सुनचाँदी बजारमा फेरि नयाँ रेकर्ड, मूल्य निरन्तर उक्लिँदै

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्दै दुई लाख ५ हजार ९०० रुपैयाँमा पुगेको छ।

सोमबारको तुलनामा सुन ६०० रुपैयाँले महँगो भएको हो। सोमबार छापावाला सुन तोलामा दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। आज चाँदी तोलामा १५ रुपैयाँ बढेर दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यो मूल्य दुई हजार ४७० रुपैयाँ प्रतितोला थियो।