सीजीनेटको दशैं अफर : इन्टरनेटसँगै उपहारको खुशी

इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक दशैं योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार, भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यो अफरअन्तर्गत प्रत्येक प्याकेजको नवीकरण वा नयाँ प्याकेज खरिद गर्दा ग्राहकले पक्का उपहार पाउनेछन्।

ग्राहकले रोजाइअनुसारका उपहारहरू यसरी लिन सक्नेछन् :

  • २५० Mbps र ३५० Mbps प्याकेजमा – मिक्सर ग्राइन्डर वा १ महिना इन्टरनेट निःशुल्क।
  • १५० Mbps प्याकेजमा – टोस्टर वा १ महिना इन्टरनेट निःशुल्क।
  • साथै, १५०/२५०/३५० Mbps प्याकेजमा अधिकतम ३ महिनासम्म अतिरिक्त इन्टरनेट बोनस।

सीजीनेटले सधैं आफ्ना ग्राहकलाई किफायती मूल्यमा द्रुतगति इन्टरनेट मात्र नभई थप मूल्यवर्धन गर्ने सेवामा जोड दिँदै आएको छ। कम्पनीले विश्वास व्यक्त गरेको छ कि चाडपर्व विशेष अफरले ग्राहकलाई इन्टरनेटसँगै उपहारको दोहोरो खुशी दिनेछ।