काठमाडाैं, १८ भदाै । सरकारले ९ वर्षे अवधि भएको विकास ऋणपत्र–२०९१ ‘ग’ जारी गर्दै १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋणपत्र भदौ १८ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल प्रणालीमार्फत खरिद गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्था, व्यक्ति, संस्था वा कम्पनीहरूले अनलाइनमार्फत बोलकबोलमा भाग लिन सक्नेछन्।
ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ र सो ब्याजमा आयकर लाग्नेछ। विकास ऋणपत्र २०९१ साल भदौ १९ गते परिपक्व हुनेछ। साथै, बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋणपत्रमा आधारित कर्जा लिन र दिन सकिने व्यवस्था गरिएको छ।
यस ऋणपत्रमार्फत सरकारले आन्तरिक ऋण व्यवस्थापनलाई सुदृढ बनाउने र दीर्घकालीन लगानीकर्ता आकर्षित गर्ने लक्ष्य राखेको छ।