एमाले सचिवालय बैठक : विद्याको सदस्यता नहुने ओलीको दाबी

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नदिने निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

बिहीबार दिउँसोदेखि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा तीनै नेताले भण्डारीलाई सदस्यता दिनुपर्ने प्रस्ताव राखेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले निर्णय पुनर्विचार नहुने अडान लिएका छन्।

‘ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता रोक्नु हुँदैन, यसमा पुर्नविचार गर्नुपर्ने कुरा उठाउनुभयो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘केन्द्रीय समितिले जे निर्णय गरेको छ, त्यो विधिसम्ममत छ, यो निर्णय हेरफेर हुँदैन, सच्चिँदैन भनेर अध्यक्षले जवाफ दिनुभयो।’

साउन ६ गते केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगरी होल्ड गर्ने निर्णय गरेको थियो। ‘केन्द्रीय कमिटीको निर्णय जे छ, त्यहीँ हो, त्यसैलाई लागू गरेर जाने भनेर अध्यक्षले जोड दिनुभयो,’ ती पदाधिकारीले थपे।

  • Clock icon
    २०८२ भाद्र २०, शुक्रबार