राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति, दिगोविकास लक्ष्य कार्यान्वयन, एवं संयुक्तराष्ट्रसंघीय निकायहरुबाट भएका कार्यहरु र आगामी दिनमा विभिन्न क्षेत्रमा गरिने सहयोगका सम्बन्धमा छलफल भयो ।