नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुने भएको छ। खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ। दुबै टिम जितको लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन्।
यो मैत्रीपूर्ण खेल अन्तर्राष्ट्रिय विन्डोअनुसार तय गरिएको हो। अहिलेसम्म नेपाल र बंगलादेशबीच २४ पटक भिडन्त भएको छ, जसमा नेपालले १३ खेल जितेको, बंगलादेशले ८ खेल जितेको र ३ खेल बराबरीमा टुंगिएको तथ्याङ्क छ।
नेपालले यस खेललाई आगामी एएफसी एसियन कप २०२७ छनोटका बाँकी खेलहरूको तयारीका रूपमा लिएको छ।
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ९ मा हुनेछ। अखिल नेपाल फुटबल संघ (एएनएफए)का अनुसार, यदि दुबै खेल बराबरीमा टुंगिएमा पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ।