आज विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भेगमा साधारणतया बदली र बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भूभागका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाले यहाँ दिउँसोु शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ुरातिु शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।