काठमाडौं महानगरभित्र लगाइएको कर्फ्युका कारण मंगलबार सेयर बजार बन्द हुने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अधिकांश धितोपत्र कारोबारकर्ता महानगर क्षेत्रमै रहेको र थुप्रै लगानीकर्ता तथा दलाल कम्पनीहरूले आग्रह गरेकाले कारोबार स्थगित गरिएको जानकारी दिएको छ।
यसका कारण लगानीकर्ताहरूले मंगलबार बजारमा व्यापार गर्न नसक्ने भएका छन्। प्रशासनले जारी गरेको कर्फ्युको पालना गर्दै नेप्सेले आगामी सूचना जारी नभएसम्म कारोबार स्थगित रहने जनाएको छ।
