कजारियाको नयाँ सोरुम झापाको दमकमा

भारतको टायल निर्माता कजारियाको नयाँ सोरुम झापाको दमकमा सञ्चालनमा आएको छ । न्यु कोहिनुर ग्रेनाइट एन्ड टायल्सद्वारा सञ्चालित सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । सोरुको उद्घाटन दमक नगरपालिकाका मेयर रामकुमार थापाले गरे ।

उद्घाटन कार्यक्रममा कजारियाका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वल्र्ड, २०२५ विजेता लुना लुइँटेल र मिस नेपा इन्टरनेसनल उरुषा भण्डारीको पनि सहभागिता थियो । उद्घाटन कार्यक्रममा मेयर थापाले भने, ‘यो सोरुम गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो । हामी दमकमा कजारियाको लगानीलाई स्वागत गर्दछौँ । यो सोरुमले हाम्रो क्षेत्रमा आन्तरिक सजावट समाधानहरूको स्तर उकास्न महŒवपूर्ण भूमिका खेल्नेछ उको विश्वास छ ।

कम्पनीका निर्देशक अग्रवालले कम्पनीकामा आफ्नो लक्ष्य सधैँ अन्तर्राष्ट्रियस्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु रहेको बताए ।

यो सोरुम प्रेरणादायी बनाउने उद्देश्यले निर्माण गरिएको र यसले दमकका ग्राहकलाई नवीन, टिकाउ र स्टाइलिस टाइलहरूको विस्तृत चयनसँग प्रत्यक्ष जोड्ने उनको भनाइ छ ।