झापा इनर्जीको आइपिओमा मागभन्दा झण्डै चालीस गुणा बढी आवेदन

झापा इनर्जी लिमिटेडको आइपिओमा मागभन्दा ३९.३८ गुणा बढी आवेदन परेको छ । कम्पनीले २० देखि २४ भदौसम्म सर्वसाधारणमा चार लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गरेको थियो ।

सिडिएसीका अनुसार मंगलबार साँझसम्म १६ लाख ५३ हजार पाँच सय ८६ जना आवेदकबाट एक करोड ८६ लाख ४१ हजार ५०० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो ।

जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ ।