नेपाल टेलिकमले देशभर हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै तीन दिनका लागि डेटा र भ्वाइस सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
मंगलबारदेखि लागू भएको यस सुविधामा प्रयोगकर्ताले डेटा सेवाका लागि *1415*8*3# र भ्वाइस सेवाका लागि *1415*8*7# डायल गरेर सेवा प्रयोग गर्न सक्नेछन्।
भ्वाइस सेवा नेपाल टेलिकमको नेटवर्कमा मात्र उपलब्ध हुनेछ भने डेटा सेवा १ एमबीपीएसको गति प्रदान गरिएको छ।
यस पहलले संकटकालमा सञ्चार सेवा कायम राख्न प्रयोगकर्तालाई सहजता दिने विश्वास गरिएको छ।