काठमाडौं । चावहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा मंगलबार लागेको आगो अझै निभेको छैन । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनका प्रदर्शनकारीले हिजो लगाएको आगो भाटभटेनीमा अझै बलिरहेको छ ।
प्रदर्शनकारीले चुच्चेपाटीलगायत कोटेश्वर र भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड गरेका थिए ।