सुनको मूल्य उचाइमा, चाँदी पनि महँगो

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

शुक्रबार नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १६०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख १५ हजार ८०० रुपैयाँमा पुगेको हो, जुन अहिलेसम्मकै उच्च दर हो।

बिहीबार भने तोलामा ५०० रुपैयाँ घटेर सुनको मूल्य २ लाख १४ हजार २०० रुपैयाँमा सीमित भएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला ६० रुपैयाँले बढेर २ हजार ५६५ रुपैयाँ पुगेको छ। हिजो चाँदी २ हजार ५०५ रुपैयाँमा स्थिर थियो।

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार