ग्राहकलाई धन्यवाद दिँदै शान्तिको कामना गर्दै भटभटेनी फेरी सञ्चालनमा आयो

फाइल तस्बिर

नेपालको सुपरमार्केट चेन भटभटेनीले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा आएको घोषणा गरेको छ। कम्पनीले एक सन्देश जारी गर्दै ग्राहकहरूको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ।

‘हाम्रा ढोकाहरू फेरि खुलेका छन्,’ सामाजिक सञ्जालमा गरिएको पोस्टमा भनिएको छ, ’भटभटेनी एउटा स्टोर मात्र नभई तपाईंको परिवार हो।’

कम्पनीले आफ्ना ग्राहकहरूलाई सधैंझैँ उही हेरचाह र प्रतिबद्धताका साथ सेवा दिन फर्केको जनाएको छ। हालैको आन्दोलनका कारण भटभटेनीका केही स्टोरहरू बन्द गरिएका थिए। देशभर भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरहरू तोडफोड र आगजनीसमेत भएका थिए ।

कम्पनीले सबैलाई मिलेर उज्ज्वल र शान्त दिनहरूतर्फ अघि बढ्न पनि आह्वान गरेको छ।