भोलि मन्त्रिपरिषद्‌ विस्तार : कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ ।

आज छलफलमार्फत् नामावली टुंगो लगाउने र भोली आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले शनिबार मन्त्रीहरूको शपथको कुनै कार्यक्रम नभएको जानकारी दिए ।
शपथ हुँदा तीन चार घण्टा अगाडि नै प्रधानमन्त्री कार्यालयबाट जानकारी आउँछ भोली आइतबारसम्म सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी बढेको उनले बताए ।

आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल

यस अघि जेन-जी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो ।
प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन-जीहरू छन् ।

मन्त्रीको लागि कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ ।

राजनीतिक दलभन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।