यातायात विभागको चेतावनी: लुटिएका सामाग्री ओसारपसार नगर्न

तायात व्यवस्था विभागले भदौ २३ र २४ का दिन काठमाडौँ र अन्य स्थानहरूमा भएको जेन–जी आन्दोलनका क्रममा लुटिएका हातहतियार र अन्य सामान सार्वजनिक तथा निजी सवारी साधनमार्फत ओसारपसार नगर्न आग्रह गरेको छ।

विभागले एक सार्वजनिक सूचना जारी गर्दै यात्रु, सवारी चालक, सवारी परिचालक र सवारीधनीहरूलाई सचेत रहन अनुरोध गरेको छ। उक्त सूचनामा भनिएको छ कि लुटिएका हातहतियार र अन्य सामग्री सार्वजनिक यातायात तथा मालबाहक सवारी साधनमार्फत ओसारपसार हुने जोखिम उच्च रहेको छ।

सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र कुनै अप्रिय घटना हुन नदिन विभागले सबैलाई सचेत रहन र यस प्रकारका सामाग्रीहरूको ओसारपसार नगर्न कडाइका साथ आग्रह गरेको छ।