सन्दुक रुइतद्धारा मन्त्री पद अस्वीकार

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई मन्त्री बन्न प्रस्ताव गरेकी छिन् ।

तिलगंगा आँखा प्रतिष्ठान पुगेर मंगलबार कार्कीले रुइतलाई मन्त्री बन्न प्रस्ताव गरेकी हुन् ।

तर रुइतले अस्पतालको काम र बिरामी छाड्न नसक्ने भन्दै मन्त्री बन्न अस्वीकार गरेका छन् ।

जेन-जीको आन्दोलनपछि शुक्रबार कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । यही सरकारमा मन्त्रीमा रुइतको चर्चा भएपछि उनले यस्तो बताएका हुन् ।

‘यहाँ अस्पतालमा छु । यहाँ छाडेर आउने ?,’ सञ्चारकर्मीसँग रुइतले भने, ‘यत्रो काम छ, यहाँ छाडेर आउने रु बिरामीलाई छाडेर आउँदिन मन्त्री बन्दिनँ ।’

कार्की नेतृत्वको सरकारमा तीन मन्त्री चयन गरिएका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी प्रधानमन्त्री कार्की छिन् ।

पार्टी कार्यालय पेरिसडाँडा पुगे प्रचण्ड : चाँडै नयाँ भवन निर्माण गरिने