बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ।
बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको सुपर फोरको खेलमा भारतले बंगलादेशलाई ४१ रनले हराएको हो।
१६९ रनको लक्ष्य पछ्याउँदै बंगलादेश १९.३ ओभरमा १२७ रनमा अलआउट भयो।
बंगलादेशका लागि सैफ हसनले ६९ रन बनाए। भारतका लागि कुलदीप यादवले चार ओभरमा तीन विकेट लिए।
यसअघि टस जित्दै बंगलादेशले भारतलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको थियो।
भारतका लागि अभिषेक शर्माले ३७ बलमा ७५ रन बनाए।
साथै विकेटको निरन्तर पतनको बीचमा हार्दिक पाण्ड्याले २९ बलमा ३८ रन बनाएर भारतको इनिङ २० ओभरमा आठ विकेटमा १६८ सम्म पुर्याए।
बंगलादेशका लागि ऋषद हुसेनले तीन ओभरमा दुई विकेट लिए, २७ रन दिए।
भारतले आफ्नो पहिलो सुपर फोर खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो।
सेप्टेम्बर २६, शुक्रबार सुपर फोरमा भारत श्रीलंकाविरुद्ध खेल्नेछ।
एसिया कपको फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ।
