नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य पुनः उकालो लागेको छ। आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य बिहीबार एकदिन घटेपनि आज फेरि उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५০০ रुपैयाँ निर्धारण गरिएको छ, जुन हिजोको तुलनामा प्रतितोला १,२०० रुपैयाँ बढी हो। हिजो छापावाल सुनको मूल्य २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको छ। हिजोको तुलनामा प्रतितोला ५५ रुपैयाँ बढेर चाँदी २ हजार ७४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।
