चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनामा जीवन बीमा व्यवसायमा १७.१५ प्रतिशत वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार, दुई महिनामा बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार गरेका छन्।
गत वर्षको सोही अवधिमा ठूला जीवन बीमा कम्पनीहरूले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए। दुई महिनामा ३ लाख ३५ हजार ७७१ वटा नयाँ बीमालेख जारी गरिएको छ भने हाल जीवन बीमा कम्पनीहरूमा कुल १ करोड १४ लाख ५० हजार ४७७ वटा बीमालेख सक्रिय छन्।
नयाँ व्यवसायबाट ६ अर्ब ५४ करोड ११ लाख ५१ हजार रुपैयाँ आर्जन भएको छ भने नविकरण व्यवसायबाट २८ अर्ब ७० करोड ८५ लाख रुपैयाँ संकलन भएको छ।
कम्पनीअनुसार, नेपाल लाइफ अग्रणी रहेको छ। यसले दुई महिनामा ९ अर्ब ६८ करोड ३२ लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.१५ प्रतिशत वृद्धि हो। दोस्रो स्थानमा रहेको राष्ट्रिय जीवन बीमा ले ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको १ अर्ब ६ करोड ४७ लाखको तुलनामा उल्लेखनीय वृद्धि हो।
तेस्रो स्थानको नेशनल लाइफ इन्स्योरेन्स ले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँको कारोबार गरेपछि ११.१० प्रतिशत वृद्धि भएको देखिन्छ। चौथो र पाँचौं स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) र हिमालयन लाइफ रहेका छन्, जसले क्रमशः ३ अर्ब ३९ करोड ४२ लाख र ३ अर्ब १७ करोड २३ लाख रुपैयाँको कारोबार गरेको छ। यी दुई कम्पनीको वृद्धिदर क्रमशः २.६२ प्रतिशत र २.२८ प्रतिशत रहेको छ।
अन्य कम्पनीहरूको विवरण यस प्रकार छ:
-
सूर्यज्योति लाइफ: २ अर्ब १ करोड ५२ लाख
-
सिटिजन लाइफ: १ अर्ब ५० करोड १३ लाख
-
एशियन लाइफ: १ अर्ब ४८ करोड ४२ लाख
-
सानिमा रिलयान्स: १ अर्ब २० करोड ४२ लाख
-
आईएमई लाइफ: १ अर्ब ५ करोड ५८ लाख
-
मेट लाइफ: १ अर्ब ५ करोड ४९ लाख
-
रिलायबल नेपाल: १ अर्ब १ करोड ४० लाख
-
प्रभू महालक्ष्मी लाइफ: ९६ करोड ९८ लाख
-
सन नेपाल लाइफ: ६० करोड ६६ लाख (गत वर्षको तुलनामा २२२.१७ प्रतिशत घट)
समिक्षा अवधिमा अधिकांश कम्पनीहरूले सकारात्मक वृद्धिदर देखाए पनि, सन नेपाल लाइफ मात्रै व्यापारमा ठूलो गिरावट देखिएको छ।
