यसरी मनाईदै छ दशैं

  • Clock icon
    २०८२ आश्विन १६, बिहीबार

नवरात्रिको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दसैं घर वा पूजा कोठामा बुधबार विजयादशमीका दिन बिहान देवी विसर्जन गरिएको छ।

विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो वा सेतो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइयो। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाउने चलन छ।

 

  • Clock icon
    २०८२ आश्विन १६, बिहीबार