लगातार बढेर ऐतिहासिक उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४२०० रूपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ प्रतितोला थियो।
त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ८५ रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ।
