सुन र चाँदीको मूल्य नयाँ रेकर्डमा: सुन २ लाख ४८ हजार पार

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

स्थानीय बजारमा सुन र चाँदीको मूल्य नयाँ उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला रू ८,१०० बढेर रू २,४८,५०० पुगेको छ, जुन अहिलेसम्मको उच्चतम मूल्य हो।

सो दिन अघि, अर्थात सोमबार सुनको मूल्य रू २,४०,४०० प्रति तोलामा कारोबार भइरहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि नयाँ रेकर्ड कायम गर्दै रू ९५ प्रति तोला वृद्धि भई रू ३,३२५ प्रति तोला पुगेको महासंघले जनाएको छ।

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार