यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

  • Clock icon
    २०८२ आश्विन ३०, बिहीबार

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २० पैसा र बिक्रीदर १०० रूपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७३ पैसा र बिक्रीदर १९ रूपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३८ रूपैयाँ २९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ २३ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९ रूपैयाँ ९३ पैसा तोकिएको छ ।

  • Clock icon
    २०८२ आश्विन ३०, बिहीबार