अमेरिकाले क्यानाडामा १०% थप ट्यारिफ, ट्रेड तनाव बढ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली आयातमा १० प्रतिशत थप ट्यारिफ वृद्धि गर्ने घोषणा गरेका छन्। यो कदम ओन्टारियोले अमेरिकामा पूर्वराष्ट्रपति रोनाल्ड रेगनलाई देखाउँदै ‘एंटी-ट्यारिफ’ विज्ञापन प्रशारण गरेपछि उठाइएको हो।

शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले विज्ञापनलाई “धोखा” भनेका छन् र क्यानाडाली अधिकारीहरूलाई “शत्रुतापूर्ण कदम” भन्दै विश्व सिरिज बेसबल च्याम्पियनसिप अघि यसलाई हटाउन नसकेको आरोप लगाएका छन्। ट्रम्पले लेखेका छन्,
“तथ्यलाई गलत प्रस्तुत गरेको र शत्रुतापूर्ण कदमको कारण, म क्यानाडामा वर्तमानमा लागिरहेको ट्यारिफमा १०% थप गर्दैछु।”

यसअघि ट्रम्पले गुरुवार क्यानाडासँग जारी व्यापार वार्ताबाट पनि बाहिरिएको घोषणा गरेका थिए। यस कदमपछि ओन्टारियो प्रिमियर डग फोर्डले प्रधानमन्त्री मार्क कार्नीको सल्लाहमा विज्ञापन अभियान अस्थायी रुपमा रोक्ने निर्णय गरे पनि विश्व सिरिज खेलहरूमा विज्ञापन प्रसारण हुने जानकारी दिएका छन्।

अहिले अमेरिकी–क्यानाडा व्यापार सम्बन्धमा तनाव बढेको छ। अमेरिकाले अधिकांश क्यानाडाली सामानमा ३५% ट्यारिफ लगाएको छ, जबकि केही वस्तुहरू पूर्वमा भएको मुक्त व्यापार सम्झौता अन्तर्गत छुट पाएका छन्। यसबाहेक, धातुमा ५०% र मोटरगाडीमा २५% ट्यारिफ लागिरहेको छ।

ट्यारिफ वृद्धिले क्यानाडाको औद्योगिक क्षेत्र, विशेषगरी ओन्टारियोको मोटरगाडी निर्माण क्षेत्रमा गहिरो प्रभाव पार्न सक्छ। क्यानाडाको कुल निर्यातको लगभग ७५% अमेरिका तर्फ जाने भएकाले नयाँ ट्यारिफले दुई देशबीचको व्यापारिक सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने देखिन्छ।