नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले एकैदिन दुई जना मन्त्रीसँग भेटवार्ता गरेका छन् ।
हिजो बिहान अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालसँग छुट्टाछुट्टै भेट भएको थियोे ।
राजदूत डिन बिहान १० बजे अर्थ मन्त्रालय पुगेका थिए । अर्थ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता गरेपछि उनी साढे १० बजे त्यहाँबाट बाहिरिएर गृह मन्त्रालय पुगेको बताइन्छ ।
अर्थमन्त्री खनालसँगको भेटमा आर्थिक सहयोग,सुशासन र संघीय व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको बताइएको छ ।
गृह मन्त्रालयमा बिहान झण्डै ११ बजेदेखि साढे ११ बजेसम्म गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा पनि द्विपक्षीय सुरक्षा सहयोग, सीमा व्यवस्थापन र अपराध नियन्त्रणसम्बन्धी विषयमा कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ ।
तर दुबै भेटको विस्तृत विवरण दिइएको छैन ।
