नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा १४०० रुपैयाँ घट्दा चाँदी ४५ रुपैयाँ घट्यो

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा १४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा २,३८,३०० रुपैयाँ कायम भएको छ। सोमबार यो मूल्य २,३९,७०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर ३,०१५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३,०६० रुपैयाँमा कारोबार भएको थियो।

  • Clock icon
    २०८२ कार्तिक १८, मंगलवार