हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत पहिलो खेलमा नेपाल आज शुक्रबार अफगानिस्तानविरुद्ध खेल्दै छ।
मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार आज बिहान पौने ९ बजे सुरु हुनेछ।
नेपाली क्रिकेट टोली शरद भेषावकरको कप्तानीमा मैदान उत्रँदै छ।
नेपाल रहेको समूह एमा अफगानिस्तानसँगै दक्षिण अफ्रिका छन्।
समूह बीमा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई छन्।
समूह सीमा भारत, कुवेत र पाकिस्तान तथा समूह डीमा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका छन्।
प्रतियोगितामा आज शुक्रबार कुल १० खेल हुनेछन्।
नेपालले भने आज एक मात्र खेल खेल्नेछ।
यसपछि नेपालले शनिबार दक्षिण अफ्रिका, हङकङ, कुवेतसँग तथा आइतबार यूएईविरुद्ध खेल्नेछ।
