आज सहित नेपालको लगातार दोस्रो हार

  • Clock icon
    २०८२ कार्तिक २२, शनिबार

हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको छ।

आज शनिबार बिहान हङकङको मिसन रोड ग्राउन्ड मोङकोकमा भएको आफ्नो दोस्रो खेलमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको हो।

जितका लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए।

नेपालको अफगानिस्तानसँग हार
यता नेपालका लागि लोकेश बमले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भयो।

नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए।

लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए।

यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।

यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।