केन्टकी दुर्घटना-अमेरिकाले रोक्यो कोर्गो विमान उडान

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार

केन्टकीमा भएको विमान दुर्घटनापछि अमेरिकी डेलिभरी कम्पनीहरू यूपीएस र फेडएक्सले आफ्ना केही कार्गो विमानको उडान अस्थायी रूपमा रोकेका छन्।

मंगलबार अमेरिकी राज्य केन्टकीमा यूपीएस विमान दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो।

उडान भर्ने क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैका भवनमा ठोकिएको थियोे र आगो लागेको थियो।

दुर्घटनाले धेरै भवन ध्वस्त भए भने लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो।

यूपीएसले एमडी(११ विमान सञ्चालन रोक्ने निर्णय विमान निर्माता बोइङको निर्देशन पछि गरिएको बताएको छ।

यूपीएसको प्रतिद्वन्द्वी फेडएक्सले पनि यस्तै कारबाही गरेको पुष्टि गरेको छ।

अधिकारीहरूले घातक दुर्घटनाको कारण अझै खुलासा गरेका छैनन्।

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार