आज देशका अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन।
त्यसैले देशका अधिकांश भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ। अन्य प्रदेशमा भने दिनभर मौसम सफा रहने विभागको प्रक्षेपण छ।
त्यस्तै, आज राति पनि देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने महाशखाले जनाएको छ।
केही भूभागमा भने आंशिक बदली हुने सम्भावना रहेको महाशाखाको आकलन छ।
