पूर्व नेपाली क्रिकेट कप्तान पारस खड्कालाई भारतीय टाइल तथा बाथवेयर ब्रान्ड सोमानी सिरामिक्स लिमिटेडले औपचारिक रूपमा आफ्नो ब्रान्ड एम्बासेडर घोषणा गरेको छ।
यस रणनीतिक सहकार्यले खड्काको जनप्रियता र विश्वसनीयता प्रयोग गर्दै ब्रान्डको डिजिटल पहुँच बढाउने र बजार नेतृत्व सुदृढ बनाउने लक्ष्य राखेको छ।
सोमानी सिरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले खड्कालाई स्वागत गर्दै भने, “उहाँको समर्पण र उत्कृष्टता प्राप्त गर्ने यात्राले हाम्रो नवप्रवर्तन र उद्योग नेतृत्वको मूल्यसँग मेल खान्छ। नेपाल हाम्रो प्रमुख बजार भएकाले पारसको विश्वसनीयता ब्रान्डलाई बलियो बनाउनेछ।”
सोमानी सिरामिक्सका उपाध्यक्ष एवं मार्केटिङ प्रमुख अंशुमान चक्रवर्तीले खड्काको चयनको कारण व्याख्या गर्दै भने, “पारस खड्का नेपालमा सबै पुस्तामा परिचित व्यक्तित्व हुनुहुन्छ। उहाँको इमानदारी र सकारात्मक प्रभावले हामीले गुणस्तर, नवप्रवर्तन र भरोसा भन्ने मूल्यहरू उपभोक्तासम्म पुर्याउन मद्दत गर्नेछ।”
पारस खड्काले पनि आफ्नो उत्साह व्यक्त गर्दै भने, “सोमानी जस्तो गुणस्तर र उत्कृष्टता कायम राख्ने ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै उत्साहित छु। मैले व्यक्तिगत रूपमा पनि यसको उच्चस्तरीय प्रतिबद्धता अनुभव गरेको छु।”
भविष्यमा ब्रान्डको डिजिटल अभियानमा खड्का समावेश हुनेछन्, जसमा भिडियो सामग्री, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक विज्ञापन र अनलाइन ट्राफिक वृद्धिका पहलहरू हुनेछ।
सोमानी सिरामिक्स विश्वकै टप १५ निर्माण सामग्री उत्पादक कम्पनीमा पर्ने र नेपालमा नम्बर १ टाइल तथा बाथवेयर ब्रान्ड रहेको कम्पनी हो। कम्पनीको उत्पादन क्षमता ७५ मिलियन वर्ग मीटर र ८० भन्दा बढी देशमा निर्यात छ।
यस ब्रान्ड एम्बासेडर नियुक्तिले नेपाली उपभोक्तासँगको सम्बन्ध सुदृढ पार्ने र दक्षिण एसियामा ब्रान्डको पहुँच विस्तार गर्ने रणनीतिक उद्देश्य राखेको छ।
