कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे कास्कीको फुलिबाङनजिक केन्द्रबिन्दु भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि जेठ ९ गते मात्र बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो।