दल दर्ता गर्ने समय आज सकिँदै-निर्वाचन आयोग

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार

नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज कात्तिक ३० गते सकिँदै छ।

फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो।

सो समय आज सकिने भएको हो।

आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ।