देशको वित्तीय प्रणालीमा जारी अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि एक महत्वपूर्ण कदम चालेको छ। बैंकले निक्षेप संकलन उपकरणमार्फत ८४ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने घोषणा गर्दै बजार सन्तुलनलाई थप मजबुत बनाउने प्रयास गरेको छ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलनका लागि अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजे बोलकबोल हुने छ। आवेदन परेपछि यही दिन निक्षेप खरिद प्रक्रिया सम्पन्न गरिनेछ।
इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान रकमभित्र आवेदन दिन पाउनेछन्। संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी माघ २८ गते हुनेछ।
बोलकबोल बहुब्याजदर प्रणालीमा हुनेछ र ‘क’, ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागी हुने अनुमति दिइएको छ।
