नेपाल राष्ट्र बैंकले आज -बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। यी सबै मुद्राको मूल्य विगत तीन दिनदेखि लगातार घट्दै आएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा थियो।
गएको कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ २८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

