सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले ६ विकेटको जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा १४६ रन बनायो ।
यस सिजनमा लुम्बिनीले पहिलो खेलमा नै जित निकालेको हो ।
चितवन भने लगातार दोस्रो जित निकाल्न असफल भएको छ ।
सिजनको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।चितवनका रवि बोपाराले यस खेलमा अर्धशतक प्रहार गरे थिए ।
उनले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए ।
उनको अर्धशतकले टिमलाई हारबाट जोगाउन सकेन । बोपारा जारी सिजनमा दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
लुम्बिनीको जितमा गुलबदिन नैबले सर्वाधिक अविजीत ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३९ रन जोडे ।
उनले ४४ बल खेल्दै एक चौका प्रहार गरे ।
ओपनर सन्दीप जोराले भने १८ बलमा २८ रन जोड्दा चार चौका हाने ।
