सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ आधुनिक र लक्षित सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा ल्याएको छ।
बैंकको कर्पोरेट कार्यालयमा मंसिर ८ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस नयाँ बचत खाताको प्रारम्भ गरेका हुन्। बैंकका अनुसार, यो बचत खाता विशेष गरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायका लागि तयार गरिएको हो।
विशेषताहरू:
-
न्यूनतम रु १०० मा खाता खोल्न सकिने
-
वार्षिक ३.०२% ब्याजदर
-
पहिलो वर्ष चेकबुक, डिम्याट खाता, C–अश्वा कमिशन र C–अश्वा रेजिष्ट्रेशन निःशुल्क
-
डिजिटल सुविधा बन्डल: ATM कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ चारै सेवा लिएमा मात्र रु ५००
-
ट्राभल कार्डमा ५०% छुट
-
मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड
-
पहिलो मोबाइल टप–अपमा २५% नगद फिर्ता
बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ। साथै, फ्रिलान्सर लक्षित फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र CRN नम्बर सुविधा, र क्रस बैंक टेलर सुविधा पनि उपलब्ध गराएको छ।
सिटिजन्स बैंकले ६१ जिल्ला, २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखा रहित बैंकिङ्ग ईकाइ मार्फत १९ लाख ५४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ।
