सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेलको कार्यकाल थपिएको छ। कम्पनीले जानकारी दिएअनुसार, गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पुष ३० गतेदेखि आगामी ४ वर्षका लागि पौडेललाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले नेतृत्व निरन्तरताले संस्थागत स्थायित्व तथा सेवाको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरेको छ। पौडेल हालसम्म कम्पनीको व्यवसाय प्रवर्द्धन, सेवा डिजिटलकरण तथा शाखा विस्तारमा सक्रिय रूपमा नेतृत्व दिँदै आएका छन्।

