नेपालको उत्कृस्ट जिबन बिमा कम्पनि नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०८१/८२ का लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले बिमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले गत आवको स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बिमांकीय प्रतिवेदनका आधारमा ०८१/८२ का लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएका सबै किसिमका जीवन बिमालेखअन्तर्गत नयाँ बोनसदर लागू हुने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले लिएका रणनीतिक निर्णयका कारण नै बोनसदरलाई स्थिर राख्न सफल भएको बताए ।
कम्पनीका अनुसार सावधिक जीवन बिमालेख (सुरक्षित जीवन, जीवनज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बिमा, जीवनलक्ष्मी, जीवन उदय एकल)अन्तर्गत बिमालेखमा ६० देखि ८२ रुपैयाँ प्रतिहजार बोनसदर कायम गरिएको छ । त्यस्तै, सावधिक जीवन बिमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बिमा)अन्तर्गत बिमालेखअन्तर्गत ६५ देखि ८२ रुपैयाँ कायम गरिएको बताइएको छ । सावधिक जीवन बिमालेख (जीवन समुन्नत) योजनामा न्यूनतम ५६ देखि अधिकतम ७० रुपैयाँ प्रतिहजार कायम गरिएको छ।
