हालै सम्पन्न CAN B2B Summit 2025 मा नेपालका डिजिटल भविष्यमाथि केन्द्रित महत्वपूर्ण चर्चा भएको छ। कम्प्युटर एसोसिएशन अफ नेपाल (CAN) संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवाको महत्वलाई विशेष रूपमा प्रस्तुत गर्दै डिजिटल नेपालका लागि यी पूर्वाधार अपरिहार्य रहेको बताएका छन्।
नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि डिजिटल अर्थतन्त्रले “सीमाहीन” अवसर प्रदान गर्छ। तर, डेटा भण्डारण, प्रशोधन र सुरक्षाका लागि ठोस डाटा सेन्टर र क्लाउड इन्फ्रास्ट्रक्चर आवश्यक हुन्छ। अधिकारीका अनुसार, यी सेवा अब केवल IT कम्पनीहरूको लागि विलासिता होइन; कृषि, शिक्षा, फिनटेक लगायत सबै क्षेत्रमा आधारभूत आवश्यकता बनेका छन्।
स्टार्टअप र साना व्यवसायको सशक्तिकरण:
फिजिकल सर्भर र हार्डवेयर सुरक्षा उच्च लागतको कारण नेपाली उद्यमीका लागि चुनौतीपूर्ण हुन्छ। क्लाउड सेवाले यसमा सहयोग पुर्याउँछ:
-
कम लगानी खर्च (CapEx): स्टार्टअपहरूले कम्प्युटिङ शक्ति भाडामा लिन सक्छन्।
-
स्केलेबिलिटी: ग्राहक बढेसँगै डिजिटल उपस्थितिलाई छिट्टै विस्तार गर्न सकिन्छ।
-
वैश्विक सम्पर्क: विश्वसनीय क्लाउड प्रणालीले नेपाली युवालाई IT सेवा निर्यात गर्ने अवसर दिन्छ।
विश्व बजारमा अवसर:
डाटा सेन्टरको विश्व बजार २०३० सम्ममा $602 अर्ब नाघ्ने अपेक्षा गरिएको छ। इस्टोनिया, सिंगापुर, भारत जस्ता देशले डिजिटल पूर्वाधारमा ठूलो लगानी गरिसकेका छन्। अधिकारीले नेपालको रणनीति डिजिटल हब बन्ने दिशामा मोडिनु आवश्यक भएको बताए।
डिजिटल नेपालका लागि तीनमुखी रणनीति:
१. नीति सुधार र डेटा लोकलाइजेशन: लगानीमैत्री कानून, संवेदनशील डाटाको राष्ट्रिय सीमा भित्र सुरक्षा, र साइबर सुरक्षा कानून लागू।
२. सीपको अन्तरलाई घटाउने: उद्योग–शैक्षिक सहकार्य, विश्वविद्यालयहरूले २०२५ टेक बजारको माग अनुसार क्युरिकुलम सुधार।
३. काठमाडौ बाहिर डिजिटल पहुँच: ग्रामीण टेलिकम विकास कोषको प्रयोग गरी दुर्गम क्षेत्रसम्म उच्च गति इन्टरनेट र डिजिटल सेवा पुर्याउने।
अधिकारले भने, “सार्वजनिक-निजी साझेदारी (PPP) मार्फत सुरक्षित र स्थानीय क्लाउड पूर्वाधारमा जोड दिएर नेपाल केवल टेक्नोलोजी उपभोक्ता नभई क्षेत्रीय डिजिटल समाधान प्रदायक बन्न सक्छ।”
CAN B2B Summit 2025 ले नेपालका डिजिटल पूर्वाधार विकासमा डाटा सेन्टर र क्लाउड सेवाको महत्वलाई उजागर गर्दै, राष्ट्रिय र क्षेत्रीय डिजिटल हबको दिशा स्पष्ट गरेको छ।
