प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस भन्नाले नेपालका प्रदेश सरकारहरूमा प्रयोग हुने सरकारी भाषा अथवा कामकाजको लागि मान्यता प्राप्त भाषा सम्बन्धी एक विशेष दिन वा कार्यक्रमलाई जनाउछ। यस्ता दिवसहरू प्रायः भाषाको सम्मान, संरक्षण, र प्रयोग प्रवर्द्धन गर्न मनाइन्छन्।
सङ्घीय सरकारले नेपाली भाषालाई सरकारी भाषाका रूपमा प्रयोग गर्छ।तर, प्रदेश सरकारले आफ्ना प्रदेशभित्र बोलिने कुनै पनि एक वा एकभन्दा बढी भाषालाई आफ्नो कार्यक्षेत्रभित्र प्रयोग गर्न सक्नेछ ( यो सम्बन्धमा प्रदेशले कानुन बनाउन सक्ने प्रावधान छ।
सोहि उपलक्ष्यमा आज बागमति प्रदेशमा सार्वजनिक बिदा रहेको छ ।
यसै सन्दर्भमा बागमती प्रदेश सरकारको सम्वत २०८१ साल चैत्र १८ गते बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा २०८२ साल वैशाख २४ गते मनाउने निर्णय गरिएको हो ।
हाम्रो पात्रोबाट साभार
