नागरिक लगानी कोषले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीका अनुसार उक्त लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई शेयरधनीलाई वितरण गरिनेछ।
लाभांश घोषणासँगै नागरिक लगानी कोषका शेयरधनीमा उत्साह थपिएको छ।
