रिलायबल लाइफको साधारण सभा पुस २९ मा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँ ६० पैसाबराबरको लाभांश अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस २१ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।