रातको १ बजे सुदन गुरुङ्गको दुखेसो पोस्ट जस्ताको तस्तै :
यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौ…. कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ । अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला! तर आजको समयले तपाईहरुलाई सँगै उभिने म्याण्डेट दिएको छ।
आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ… कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ।
त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ… के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो?
जेनजीले हेरिरहेको छ ।