नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ९० पैसा र बिक्रीदर १६९ रूपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रूपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रूपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रूपैयाँ १६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १६ पैसा र बिक्रीदर नौ रूपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४८ पैसा र बिक्रीदर २० रूपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ २५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ २५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६२ पैसा र बिक्रीदर चार रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रूपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९५ पैसा र बिक्रीदर नौ रूपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६६ पैसा र बिक्रीदर १५ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६१ पैसा र बिक्रीदर २२ रूपैयाँ ७० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८ रूपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ४६९ रूपैयाँ ३० पैसा , बहराइन दिनार एकको खरिददर ३८० रूपैयाँ ४६ पैसा र बिक्रीदर ३८२ रूपैयाँ ०५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७४ रूपैयाँ २१ पैसा रहेको छ । यस्तै,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
