प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वमा नयाँ अध्यक्ष

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना नयाँ सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ। कम्पनीका सचिव किशोर प्रसाद लामिछानेका अनुसार २४औँ सञ्चालक समितिको बैठकले सम्झना अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो।

यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएकी थिइन्। उनको राजीनामा पश्चात कम्पनीले अर्याललाई नेतृत्वमा ल्याएको लामिछानेले जानकारी दिए।

त्यस्तै, कम्पनीको रिक्त सञ्चालक समितिको सदस्य पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि.को तर्फबाट बहादुर भट्टचनलाई नियुक्त गरिएको छ।