साताको चौथो दिन आज नेप्सेमा करिब ११ अंकले सुधार

साताको चौथो दिन आज बुधबार नेप्से परिसूचक करिब ११ अंक अर्थात् १०.८७ अंकले बढेर २६३३.७६ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ४२ कम्पनीको १ करोड ४६ लाख ८१ हजार १ सय ४५ कित्ता शेयर खरिद-बिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँबराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ३१ प्रतिशत फ्लोट इण्डेक्स शुन्य दशमलव ४० र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव २८ प्रतिशतले बढेको छ।

आजको कारोबारमा एसवाई प्यानल नेपालको र न्यादी हाईड्रोपावरको शेयर सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तकोे शेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ग्रिन भेन्चर्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन बन्दीपुर केवलकार एण्ड टुरिजमको करिब १५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमुहको सबै परिसुचक बढेको छ। आजको कारोेबारमा उत्पादन र प्रशोधन समूहको परिसूचक सबैभन्दा धेरै १.६१ प्रतिशतले बढेको छ।