स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार नेप्से परिसुचक आज आइतबार १०.२९ अंकको गिरावट आएको छ।
नेप्से दोहोरो अंकले घटेर २६१०.६३ विन्दुमा झरेको हो।
आज शेयर बजारमा ५ अर्ब १ करोड ७५ लाख ८५ हजार २ सय ९४ रुपैयाँ बराबरका १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बजारमा १ करोड कित्ता बिक्रीपछि यो परिमाणको कारोबार भएको हो।
यस दिन ७९ वटा शेयरको मूल्य बढ्दा १७१ वटाको घटेको र ९ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। बढेकामध्ये विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेकका शेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्।
सान्भी इनर्जीको पनि शेयर मूल्य ९.१६ प्रतिशतले बढेको छ। सागर डिस्टिलरीको शेयर ७।८३ र युनाइटेड आईडीआई मार्दी हाइड्रोपावरको ७.७० प्रतिशतले मूल्य बढेको छ।
आज ४.३२ प्रतिशतसम्मको अधिकतम गिरावट रहेको छ। कारोबारमा आज एसवाई प्यानल अगाडि छ। कम्पनीको ३० करोडको कारोबार भएको हो।
यसबाहेक श्रीनगर एग्रिटेक २२ करोड, बन्दीपुर केबलकार २२ करोड, एनआईसी एसिया २१ करोड र सागर डिस्टिलरीको १८ करोडको खरिदबिक्री भएको छ।
